एकै दिन ५१७ जना कोरोना संक्रमित थपिए, उपत्यकाकै २०१ जना, पाँचको निधन

Apr 13, 2021 05:30 PM Merolagani

नेपालमा लगातार दोश्रो दिन पनि कोरोना संक्रमित हुनेको संख्या ५०० भन्दा माथि पुगेको छ । मंगलबार पाँच हजार २०३ जनामा भएको पीसीआर परीक्षणमा ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, २४ घण्टामा संक्रमणका कारण पाँच जनाको निधन भएको छ । हालसम्म कुल तीन हजार ५८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंका १६१ जना, ललितपुरका २८ जना र भक्तपुरका १२ जना छन् ।

एक दिनमा कोरोना जित्नेको संख्या भने १५३ रहेको छ । देशभरमा अहिलेसम्म कुल दुई लाख ८० हजार ९८४ जनामा कोरोना संक्रमित भएका छन् भने दुई लाख ७४ हजार ३१८ जनाले कोरोना जितेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।