आइएमई जनरल इन्स्योरेन्सको मूल्य समायोजन

Apr 15, 2021 09:06 AM Merolagani

बैशाख २ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स (IGI) को शेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता १ हजार १७५ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। गत मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार २५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश सहित कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैशाख १२ गते बिहान १० बजु केन्द्रिय कार्यालय, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। यसका साथै सो सभाले उक्त बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ। ७ प्रतिशत बोनस शेयर र सोपश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।