गरिमाकाे खुद नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, वितरणयोग्य मुनाफा कति?

Apr 20, 2021 08:08 AM Merolagani

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६३ प्रतिशत बढी हो। खुद ब्याज आम्दानीसँगै खुद फि कमिशन आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.१७ प्रतिशत र सञ्चालन मुनाफा ३६.९७ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १३.५० प्रतिशत बढेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशतका दरले बोनस शेयर वितरण गरेका कारण चुक्ता पूँजी सो दरमा बढेको हो। समीक्षा अवधिमा बैंकको जगेडा कोष २९.१४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३९.५३ प्रतिशत बढेको छ भने कर्जा लगानी ४४.२८ प्रतिशत बढेको छ।

कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्मा बैंकको यस्तो कर्जा ०.३४ प्रतिशतविन्दु बढेर ०.५८ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको आधार दर २.८१ प्रतिशतविन्दु र स्प्रेड दर ०.३५ प्रतिशतविन्दु घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।