बजारमा 'बुल' र 'बियर' बीच कडा भिडन्त, नेप्से सामान्य अंक बढ्दा कारोबार रकम घट्यो

Apr 20, 2021 03:40 PM Merolagani

मंगलबार शेयर बजारमा बुल र बियर बीच कडा भिडन्त देखिएको छ। एकातिर ‘बुल’ हरु बजारलाई जसरी नै माथि लान खोजिरहेका देखिन्थे भने अर्कोतिर ‘बियर’हरु बजारलाई तल झार्न खोजिरहेको देखिन्थे।

मंगलबार प्रि ओपन सेसनमा ११ अंक बढेको बजार, नियमित कारोबार शुरु भएलगत्तै ओरालो लागेको थियो। आधा घण्टाको तिव्र गिरावटपछि नेप्से अर्को आधा घण्टासम्म तिव्र गतिमा उकालो लागेको थियो। त्यसपछि बजारमा पुनः ‘बियर’ हाबी भए र अर्को आधा घण्टा बजार उनीहरुको कब्जामा रह्यो। त्यसपछि पुनः बजारमा ‘बुल’ को उपस्थिति बढेको थियो।

यसले यस दिन बजारमा ‘बुल’ र ‘बियर’ बिच कडा भिडन्त भएको स्पष्ट पार्दछ। कडा भिडन्तपछि अन्तमा बजारमा ‘बुल’ ले जितेको छ। अर्थात यस दिन बजार हरियो भएर बन्द भएको छ। यस दिन नेप्से २.६८ अंक बढेर २६६४.६१ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक सामान्य अंक बढेपनि कारोबार रकममा भने कमी आएको छ। यस दिन २१६ कम्पनीको ६५ हजार ७९३ पटकको कारोबारमा ५ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महिला लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, ज्योति लाइफ र हिमालयन उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य ८ प्रतिशत बढेको छ।

यस दिन शेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर न्यून रहेको छ। कुनै पनि कम्पनीको शेयरमूल्य यस दिन साढे २ प्रतिशतभन्दा बढी घटेको छैन। कारोबारमा आएको सिर्जना फाइनान्सको शेयरमूल्य सर्वाधिक २.४७ प्रतिशत घटेको छ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक यस दिन १.२४ प्रतिशत बढेको छ। कारोबारमा आएका लगानी उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।