लाभांश प्रस्ताव पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा

Apr 23, 2021 11:39 AM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले १९ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीकाे सञ्चालक समितिको बैशाख ९ गते बसेको बैठकले जेठ २ गते,  बिहान ११ बजे, बाराको होटल इच्छा, सिमारामा साधारण सभा बोलाएको हो।

कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ।

बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ पुग्नेछ।

यस्तै प्रस्तावित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दैछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार बैशाख १८ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनी लाभांश प्राप्त गर्न सकिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।