एनआईबिएल समृद्धि फण्ड २ को इकाईका लागि आजदेखि आवेदन दिन सकिने

Apr 26, 2021 09:06 AM Merolagani

एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन तथा बिक्री खुला गर्दैछ।

क्यापिटलले यस योजना अन्तर्गत प्रति इकाई १० अंकित मूल्यका १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापकका लागि तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ९ करोड ६० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।

एनआईबिएल समृद्धि फण्ड २ एक बन्दमूखी योजना हो। यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। यस योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।