छिमेक लघुवित्तको नाफामा करिब ६० प्रतिशतको वृद्धि, अन्य सूचक कस्तो?

Apr 27, 2021 10:29 AM Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा छिमेक लघुवित्त (CBBL) ले ९५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ५९.८९ प्रतिशतले बढोत्तरी भएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ५९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जाेखिम बापतकाे व्यवस्थामा कम रकम छुट्याउँदा लघुवित्तको नाफा बढ्न टेवा पुगेको हो।

चुक्ता पूँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई अर्ब ९० करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्ममा २१ अर्ब ८२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर २६ अर्ब ४२ करोड २६ लाख कर्जा विस्तार गरेको छ ।

यस अवधिमा लघुवित्तले १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २०.९० प्रतिशतले धेरै हो। साथै समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६७.४३  प्रतिशतले बढोत्तरी भएर एक अर्ब ३८ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तको निष्कृय कर्जा अनुपात ०.५५ प्रतिशत छ। नाफा वृद्धि भएसँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा सुधार भएको छ। लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५० पैसाले बढेर ६९ रुपैयाँ ६५ पैसा कायम भएको छ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.५८ गुणा बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।