ग्लोबल आइएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा साढे २ अर्ब माथि

Apr 28, 2021 10:07 AM Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३२.४० प्रतिशतले धेरै हो।

बैंकको बैंकको खुद ब्याज आम्दानीको साथै अन्य स्रोतमार्फत हुने आम्दानी पनि बढ्दा उसको नाफा बढेको हो। बैंकको इम्पेरमेन्ट चार्ज घट्दा पनि उसको नाफामा वृद्धि देखिएको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको ् छ भने सञ्चालन नाफा पनि ३२ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले सम्भावित जोखिमबापत ३२ करोड रुपैयाँ छुट्याएको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १५ प्रतिशतभन्दा धेरैले बढेको छ भने कर्जा लगानी १७ प्रतिशतले बढेको छ।

हाल २१ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब ९२ करोड रुपैयाँ छ। पूँजी वृद्धिका बाबजुद बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट बढेर २२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।