ब्याज आम्दानीसँगै मेगा बैंकको नाफा बढ्यो, वितरणयोग्य नाफा कति?

Apr 28, 2021 10:44 AM Merolagani

मेगा बैंक (MEGA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३५.९५ प्रतिशतले धेरै हो।

बैंकको खुद ब्याज आम्दानीको साथै अन्य स्रोतमार्फत हुने आम्दानी पनि बढ्दा उसको नाफा बढेको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३३ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले सम्भावित जोखिम बापत २७ करोड रुपैयाँ छुट्याएको छ।

बैंकको वितरणयोग्य नाफा पनि ४५ करोडबाट बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४ प्रतिशतभन्दा धेरैले बढेको छ भने कर्जा लगानी ३२ प्रतिशतले बढेको छ।

हाल १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा २ अर्ब ९७ करोड रुपैयाँ छ। पूँजी वृद्धिका कारण बैंकको प्रतिशेयर आम्दानी भने बढ्न सकेको छैन। हाल बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।