गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३८.९१ प्रतिशतले कम हो।
बैंकको खुद ब्याज आम्दानीको साथै सञ्चालन नाफा घट्दा उसको नाफा घटेको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले घटेर १ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि ३८ प्रतिशतले घटेको छ।
बैंकको वितरणयोग्य नाफा भने १० करोडबाट बढेर ४४ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन नै ८ प्रतिशतभन्दा धेरैले घटेको छ भने कर्जा लगानी ७ प्रतिशतले बढेको छ।
हाल ९ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ४ अर्ब ८० करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँबाट घटेर १२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ रहेको छ।