६० प्रतिशतले घट्यो सेञ्चुरी बैंकको नाफा, प्रतिशेयर आम्दानी ५ रुपैयाँमा झर्यो

Apr 28, 2021 11:37 AM Merolagani

सेञ्चुरी कमर्शियल बैंक (CCBL) को खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन ६०.८९ प्रतिशतले कम हो।

बैंकको खुद ब्याज आम्दानीको साथै सञ्चालन नाफा पनि घट्दा उसको नाफा घटेको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले घटेर १ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि ६२ प्रतिशतले घटेको छ।

बैंकको वितरणयोग्य नाफा भने १३ करोडबाट बढेर २२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३३ प्रतिशतभन्दा धेरैले बढेको छ। कर्जा लगानी पनि २६ प्रतिशतले बढेको छ।

हाल ९ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा १ अर्ब ३८ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँबाट घटेर ५ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।