महुली लघुवित्तको नाफा उल्लेख्य बढ्यो, कसरी ?

Apr 28, 2021 02:24 PM Merolagani

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा महुली लघुवित्त(MSLB)ले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६७.१५ प्रतिशतले धेरै हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले एक करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लघुवित्तले ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि भएसँगै जोखिम व्यवस्थापन बापतको रकम फिर्ता हुदाँ नाफा बढ्न टेवा पुगेको हो।

चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २२ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्मा एक अर्ब २६ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब ५७ करोड ६९ लाख रुपैयाँ ऋण लिएर तीन अर्ब २२ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यस अवधिसम्ममा लघुवित्तले १५ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३८.९७ प्रतिशतले धेरै हो। साथै लघुवित्तको सञ्चालन आम्दानी १९५.१४ प्रतिशतले बढेर ९ करोड ६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात २.२४ प्रतिशत रहेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १९८.९५ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ७८.४ गुणा छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।