आम्दानीसँगै घट्यो ग्रीन डेभलपमेन्ट बैंकको नाफा

Apr 29, 2021 11:37 AM Merolagani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा ७७ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ५२.२४ प्रतिशतले कम हो।

बैंककोखुद ब्याज आम्दानी पनि ७ प्रतिशतले घटेर ५ करोड ८३ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि ४७ प्रतिशतले घटेको छ।

बैंकको नाफा घटेपछि उसको प्रतिशेयर आम्दानीमा पनि संकुचन देखिएको छ। बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसाबाट घटेर १ रुपैयाँ ९९ पैसामा झरेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १२ प्रतिशतले बढेको छ भने कर्जा लगानी २ हजार प्रतिशतभन्दा धेरैले बढेको छ।

खराब कर्जा पनि सामान्य बढेर २.६५ प्रतिशत पुगेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।