गत आर्थिक वषको तेस्रो त्रैमासम्ममा १२ करोड ८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा १० करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने अन्य आम्दानीमा पनि गिरावट देखिएको छ।
बैंकको खुद ब्याज आम्दानी ५ प्रतिशतले घटेर १९ करोड ३३ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ११.३७ प्रतिशतले घटेको छ।
बैंकको वितरणयाेग्य नाफा भने ६ करोड १४ लाख रुपैयाँबाट बढेर ७ करोड ७ लाख रुपैयाँ पुगेको छ।
७९ करोड ७३ लाख चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँबाट घटेर १७ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ छ।
यस अवधिमा बैंकको निक्षेप संकलन ३ प्रतिशतले घटेको छ भने कर्जा लगानी १४ प्रतिशतले बढेको छ।
बैंकको खराब कर्जा सामान्य बढेर ०.३१ प्रतिशत पुगेको छ।