सप्तकोशी डेभलपमेन्ट बैंकको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो

Apr 29, 2021 04:04 PM Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वषको तेस्रो त्रैमासम्ममा ५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन १८.६५ प्रतिशतले कम हो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा उसको खुद नाफा घटेको हो।

बैंकको खुद ब्याज आम्दानी ४ प्रतिशतले घटेर १६ करोड ८ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा १७ प्रतिशतले घटेको छ।

८३ करोड ४३ लाख चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँबाट घटेर ६ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ छ।

यस अवधिमा बैंकको निक्षेप संकलन २३ प्रतिशतले बढेको छ भने कर्जा लगानी ३७ प्रतिशतले बढेको छ।

बैंकको खराब कर्जा १.६५ प्रतिशतबाट बढेर २.८५ प्रतिशत पुगेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।