सातामा करिब ३७ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक बढ्यो? कुनको घट्यो?

May 01, 2021 02:05 PM Merolagani

यस साता नेप्से परिसूचक करिब ३७ अंक घटेर बन्द भएको छ। साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन ओरालो लाग्दा, नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस साता नेप्से परिसूचक १.३९ प्रतिशत घटेको हो। गत साताको अन्तिम कारोबार दिन २६४८ विन्दुमा बन्द भएको नेप्से, यस साता ३६.९० अंक घटेर २६११.१० विन्दुमा झरेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ७.५८ अंक घटेर ४६९.०२ विन्दुमा झरेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स यस साता २.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.९० अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि कमी आएको छ। यस साता ३ लाख ५१ हजार ३२२ पटकको कारोबारमा २७ अर्ब ३३ करोड रुपैयाँ बराबरको ५ करोड ६५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३६ खर्ब ६६ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण ४५ अर्ब रुपैयाँ घटेर ३६ खर्ब २० अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन, व्यापार, अन्य र जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ। जसमध्ये उत्पादन उपसमूहको परिसूचक सर्वाधिक १८३.५८ अंक बढेको छ। यता होटल तथा प्रशोधन उपसमूहको परिसूचक ३०३.७६ अंक घटेको छ।

यस साता सर्वाधिक बजार पूँजीकरण भएका १० कम्पनीहरुको सूचीमा हरेक साता झै नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, सूचीको दोस्रो स्थानमा नबिल बैंक, तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्स, चौथोमा नेपाल इन्भेष्टमेन्ट बैंक र पाँचौमा एभरेष्ट बैंक रहेका छन्।

यस साता नेप्सेमा कुल ४ कम्पनीको १ करोड ७३ लाख १३ हजार ८४५ कित्ता शेयर सूचीकृत भएको छ। यस साता दुई कम्पनीको बोनस, एकको हकप्रद र एकको आईपीओ सूचीकृत भएको हो।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टकको सूचीमा महिला लघुवित्त, विशाल बजार, अरुण भ्याली हाइड्रोपावर, लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, स्वाबलम्बन लघुवित्त, तारागाउँ रिजेन्सी होटल परेका छन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।