लाभांश पारित गर्न हिमालयन जनरलले वार्षिक साधारण सभा बोलायो, बुक क्लोज कहिले?

May 02, 2021 11:37 AM Merolagani

हिमालन जनरल इन्स्योरेन्स (HGI) ले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीकाे सञ्चालक समितिको बैशाख १७ गते बसेको बैठकले जेठ २८ गते बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंबाट भर्चुअल माध्यमबाट २७ औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभाले चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ बराबरको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस अनुसार कम्पनी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ।

यस्तै, कम्पनीले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रकृयाको लागि उपयुक्त कम्पनी पहिचान तथा छनौछ गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १३ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार जेठ ११ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।