सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा शतप्रतिशत बढ्यो

May 02, 2021 02:00 PM Merolagani

सानिमा जनरल इन्स्योरेन्स (SGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शतप्रतिशत खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। इन्स्योरेन्सले खुद नाफा १००.९५ प्रतिशतले बढाएर ५ करोड ८१ लाख ७० हजार रुपैयाँ पुर्याएको हो।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले खुद बीमाशुल्क पनि ४६.८९ प्रतिशतले बढेर १३ करोड ८४ लाख ६७ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ४२ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ४० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ, बीमा कोषमा ८ करोड ५७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८६ लाख ४६ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी ७ रुपेयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १२०.२ गुणा रहेको छ।

यस अवधिमा कम्पनीले ५७ हजार ८२४ वटा बीमालेख जारी ४६ करोड ४६ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा कम्पनीले एक हजार ७०३ वटा दाबीवापत १५ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार २४५ वटा दाबी बापत २३ करोड ९४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।