के तपाईं सस्ता गाडीको खोजीमा हुनुहुन्छ ? यस्ता छन् नेपालमा पाइने सस्ता कार

May 06, 2021 03:00 PM Merolagani

महङ्गो होस् या सस्ता,गाडी चढ्ने सपना नदेख्ने कमै होलान । नेपालमा सस्ता देखि महङ्गो मूल्य पर्ने गाडी उपलब्ध छन् । 

अझ भन्ने हो भने मोटरसाइकल छोडेर कार तर्फ आकर्षित हुने पनि कम छैनन् । पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिमले सार्वजनिक यातायात ठप्प भएको अवस्थामा आफ्नै साधनमा मानिसहरुले बढी जोडदिन थालेका छन ।

त्यसैले समान्य कमाई हुने व्यक्तिले पनि गाडी नै चढ्न रुचाउन थालेका छन्।

पछिल्लो समय बैंकहरुले दिने अटो लोन र डाउन पेमेन्ट सुविधाले पनि महङ्गादेखि सस्ता कार खरिद गर्न कुनै नौलो कुरा रहेन ।

आम्दनीको स्रोत हुनेहरुलाई अटो लोन लिएपछि गाडी चढ्ने सपना कुनै नौलो कुरा भएन । तर, पछिल्लो समय मध्यमवर्गीय परिवारले पनि गाडीको सपनालाई साकार पादै गएका छन जुन सस्ता कार नै हुन ।

खासगरी गाडी निर्माता कम्पनीहरुले पनि मध्यमवर्गीय ग्राहकलाई लक्षित गदै साना तथा सस्ता गाडी बजारमा भित्र्याउने क्रम बढ्दो छ । साना,सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो क्रममा छ ।

अहिले बजारमा यस्ता सस्ता कार छन जसले समान्य परिवासलाई पनि गाडी चढ्न सक्ने सुविधा दिएको छ  भने ३० देखि ५० प्रतिशत डाउनपेमेन्ट सुविधाको उपभोग गर्दा गाडी किनेर घरैमा ल्याउन सकिने भएको छ ।

सामान्यतया नेपालमा हुन्डाई, सुजुकी, टाटा लगाएतका कम्पनीका साना तथा बजेट मुल्यका गाडी लोकप्रिय छन् ।

त्यसैले आज हामी तपाईहरुलाई तपाईंले खोजेको र सस्तो कारहरुको बारेमा जानकारी दिदैछौं जुन नेपाली बजारमा सहजै उपलब्ध छन् ।

टाटा टियागो

केहि बर्ष अघि मात्रै नेपाली बजारमा यो कार सार्वजनिक भएको थियो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण टियागोले गाडी पारखीहरुलाई तानेको छ ।

टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा ल्याएको यो गाडी स्ट्राइकर ब्ल्यू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र ल्पाटिनम सिल्भर कलरमा उपलब्ध छ ।

टियागोको प्रारम्भिक मूल्य २४ लाख रुपैयाँ छ । अन्य भेरियन्ट २८ लाख सम्म मूल्य तोकिएको छ । १२ सय सीसीको कार मोटरसाइकलको विकल्प खोज्नेहरुका लागि एउटा राम्रो अप्सन समेत रहेको छ ।

 

मारुती–सुजुकीको अल्टो

मारुती सुजुकी पछिल्लो समय इन्ट्रीलेभल कारको रुपमा लोकप्रिय छ । नेपाली बजारमा अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएको कम्पनीले जनाएको छ ।

सिजी मोटोकोर्पका अनुसार अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ । प्रतिलिटर २४ दशमलव ७ किलोमिटर माइलेज दिने यो कारले ग्राहकको मन लोभ्याएको छ ।

नेपाली बजारमा अल्टोको मूल्य १९ लाख तोकिएको छ भने अल्टो एलएक्स आईको मूल्य २१ लाख, भिएक्सआईको मुल्य २३ लाख छ । अल्टोले शहरी क्षेत्र मै पनि १९ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ ।

डाटसन रेडी गो

नेपाली बजारमा सस्तो र भरपर्दो कारको रुप्मा डाट्सन रेडी गोलाई पनि लिइन्छ । ९ सय सीसी क्षमताको यो गाडी नेपाली बजारमा २३ लाख रुपैयाँ रहेको छ । डाटसनका अन्य भेरियन्ट खरिद गर्न भने २५ देखि २८ लाख खर्च गर्नुपर्ने हुन्छ ।

हाल नेपालको लागि डाटसन गाडीको अाधिकारिक वितरक पायोनियर मोटोकर्प रहेको छ ।  फेमिली ह्याचब्याक कारको रुपमा चिनिने यो कारले प्रति लिटर २५ किलोमिटर माइलेज दिने कम्पनीले जनएको छ ।

१८५ एमएल ग्राउन्ड क्लियरेन्स, एयर व्याग, म्यान्युअल ट्रन्समिसन, एवीएस, फ्ल्ग ल्याम्प यो गाडीको मुख्य विशेषता हो ।

 

रेनो क्वीड

नेपाली बजारमा रेनो क्वीड ८ सय र १ हजर सिसीमा उपलब्ध ह्याचब्याक ‘रेनो क्वीड’ इन्ट्री लेभलको कार हो । फरक डिजाइन र माइलेजले नै नेपालमा सबैको ध्यान खिचेको छ । एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकर्षक बनाएको छ ।

यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने यो गाडीमा क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ । रेनो क्वीडको न्युनतम् सुरुवाती मुल्य २३ लाख रहेको छ । अन्य भेरियन्टको २८ देखि ३० लाखसम्म पर्न आउने कम्पनीले जनाएको छ ।

 

हुण्डाइको इओन

हुन्डाइन इओन नेपालको सबैभन्दा सस्तो इन्ट्री लेभलको कार हो । उत्कृष्ट डिजाइन र सस्तो भएकै कारण नेपाली बजारमा यो गाडी लोकप्रिय छ ।

८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लिरेन्स छ । यसै कारण पनि ग्राहकको मन जित्न यसलाई गाह्रो परेको छैन ।

बजारमा पेट्रोल भर्सनको इओन डिलाइटको प्रारम्भिक मूल्य १८ लाख ९६ हजार रुपैयाँ छ । फुल अप्सनको इओनको मूल्य २३ लाख रुपैयाँसम्म पर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।