मेगा बैंकबाट किस्ताबन्दीमा ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

May 03, 2021 06:22 PM Merolagani

मेगा बैंकले (MEGA) आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।

ग्राहकहरुलाई छ महिना तथा एक बर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ ।

comments powered by Disqus

इन्फिनिटी लघुवित्तको कम्पनी विश्लेषण

May 08, 2021 07:29 PM

यस साता माइक्रोफाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशत बढेर बन्द भएको छ। गत साता ५२१८.५२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक २४३.९८ अंक बढेर ५४६२.५० विन्दुमा बन्द भएको छ।