हकप्रद निश्काशन गर्न अपि पावरले तोक्यो बुकक्लोज

May 05, 2021 10:31 AM Merolagani

अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न बुकक्लोज मिति तय गरेको छ।

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।