पूँजी अनुसार नाफा बबढाउन नसक्दा साना किसान विकास लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो

May 05, 2021 10:47 AM Merolagani

साना किसान विकास लघुवित्त (SKBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै ७ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। जुन ६.९५ प्रतिशतले धेरै हो।

लघुवित्तले यस अवधिमा चुक्ता पूँजी २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ। लघुवित्तले पूँजी बढाए अनुसार नाफा बढाउन नसक्दा उसको प्रतिशेयर आम्दानीमा भने संकुचन देखिएको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँबाट घटेर ४९ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २७४ रुपैयाँ छ।

लघुवित्तको कर्जा लगानी ६ प्रतिशतले बढेको छ भने खराब कर्जामा पनि सामान्य बृद्धि देखिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।