प्राइम लाइफको खुद बीमाशुल्क तीन अर्ब माथि, नाफा पनि करिब २५ प्रतिशतले बढ्यो

May 05, 2021 10:50 AM Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३७.५० प्रतिशतले बढी हो ।

गत वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि २४.८७ प्रतिशतले बढेर २२ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६२ करोड ५२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १४ अर्ब ३६ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात ६९.३८ गुणा छ ।

कम्पनीले यस अवधिमा २ लाख ३८ हजार ८३१ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले २ हजार ९०८ वटा दाबी बापत ८७ करोड ३१ लाख रुपैयाँको भुक्तानी गरेको छ भने ४२ वटा दाबी बापत एक करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।