अझ, फाइबर इन्टरनेटको प्रयोग उपत्यकामा तीव्र रूपमा बढिरहेको सेवाप्रदायकको भनाई छ । उपत्यकामा सेवाप्रदायकको फिक्सड् इन्टरनेटको कारण मोबाइल ब्रोडव्यान्डको प्रयोग कमै भएको पाइन्छ ।
तर, ग्रामिण भेगमा मोबाइल ब्रोडव्यान्ड मार्फत डेटा प्रयोग गर्ने धेरै छन् । त्यसैले मोबाइल ब्रोडव्यान्डमा सस्ता प्याकेजबारे हामी तपाईंलाई जानकारी दिदै छौं ।
यतिवेला नेपाल टेलिकम र एन्सेल मोबाइल डेटा प्याक उपलब्ध गराइ ग्राहक आकर्षित गराउन प्रतिस्पर्धा गरिरहेका छन् । यी दुई सेवाप्रदायकका कतिपय डेटा प्याक योजना उस्तै उस्तै पनि छन भने सस्ता पनि छन् ।
एनसेल
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले विभिन्न चाडपर्व लगाएत विभिन्न समयमा सस्ता महङ्गा र लोकप्रिय डेटा प्याक ल्याउने गरेको छ ।
अहिले एनसेलले ६ फरक फरक प्याकेज उपलब्ध गराएको छ । जसमा ननस्टप फोरजी अफर, मेरो ७ डे, २ जीबी प्लान, मेरो ३० डे, हावर प्याक र पपुलर प्याक छन् ।
यस्ता छन प्याकेज
युट्युब , फेसबुक र टिकटक प्याक
चार जीबी/ १२७ रुपैयाँ/ सात दिन
६ जीबी/ ४५९ रुपैयाँ /३० दिन
मेरो प्यान
२ जीबी/९५ रुपैयाँ /सात दिन
४ जीबी ÷१२७ रुपैयाँ ÷सात दिन
३० दिनको लागि
२४६ रुपैयाँ ४.५ जीबी
३८१ रुपैयाँ ९ जीबी
६३७ रुपैयाँ २२.५ जीबी
९८० रुपैयामा ४५ जीबी
११९९ रुपैयाँमा ६० जीबी
त्यस्तै एनसेलले घण्टा अनुसार डेटा प्रयोग गर्नका लागीपनि विभिन्न अफर ल्याएको छ । यी प्याक लिनका लागी *१७१२३# डायल गर्नुपर्ने हुन्छ ।
नेपाल टेलिकम
नेपाल टेलिकमपनि डेटा प्याकपनि पछिल्लो समय ग्राहकलाई अकर्षित हुने प्रकारकै ल्याउने गरेको छ । उस्तै उस्तै देखिने तथा सस्ता डेटा प्याकपनि नेपाल टेलिकमले उपलब्ध गराएको छ ।
यस्ता छन नेपाल टेलिकमका डेटा प्याक
१.५ जीबी/ ९५ रुपैयाँ सात दिने
अनलिमिटेड डेटा प्याक
३० रुपैयाँमा /दुई घण्टा चलाउन सकिने
५०० एमबी पर डे / २९९ रुपैयाँ
नेपाल टेकिलमका यी डेटा प्याक लिनको लागि *१४१५# डायल डायल गर्न सकिन्छ । तपाईलाई यी बाहेक अन्य डेटा प्याकको लागि पनि सोही अंक डायल गरेर जानकारी लिन सकिन्छ ।