बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतिताेला कति ?

May 05, 2021 12:15 PM Merolagani

लगातार दुई दिन बढेको सुनचाँदीको मूल्य घटेको छ । बैशाख २२ गते, बुधबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ ।

यस दिन छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो दिन सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको थियो ।

बुधबार सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घट्दा प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघको तथ्यांकले देखाउँछ । मंगलबार भने चाँदी तोलामा नै २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३२५ रुपैयाँ तोकिएको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।