अन्तरिक्षबाट आएकाे मदिरा विश्वमा बिक्री हुँदै, यस्ताे छ मूल्य !

May 05, 2021 01:35 PM Merolagani

अन्तरिक्षबाट आएकाे मदिरा अब विश्वमा बिक्री हुने भएको छ । सो मदिराको मूल्य उच्च रहेको छ । प्रसिद्ध लिलामीघर क्रिस्टीले मंगलबार फ्रेंच वाईनको एक बोतलको लिलामी गरेको छ जुन एक वर्ष भन्दा पनि धेरै समयसम्म अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा राखिएको थियो ।

लिलामीघरको आशा अनुसार मदिराका पारखी यसको खरिदका लागि १० लाख डलरसम्मको मूल्य तिर्न सक्दछन् । अन्तरिक्षमा कृषिको संभावनाको खोजी गरिरहेका अनुसन्धानकर्ताका तर्फबाट सन् २०१९ नोभेम्बरमा मदिराको बोटल आईएसएसमा पठाइएको थियो जसमध्ये "एक द पेट्रस २०००" पनि छ ।

फ्रान्समा यसको स्वाद चाख्ने एक विशेषज्ञका अनुसार १४ महिनापछि विश्वमा फर्किदा साे मदिराको स्वादमा केहि परिवर्तन आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।