महिला लघुवित्तको शेयरमूल्य ५ हजार रुपैयाँ माथि, साढे २ महिनामा एक हजारको लगानीले ५० हजार कमायो

May 06, 2021 11:22 AM Merolagani

रबिन पाैडेल

करिब साढे २ महिना अघि मात्रै सर्बसाधारणमा आइपीओ जारी गरेको महिला लघुवित्तको शेयरमूल्य दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको छ।

चैत ३ गतेदेखि दोस्रो बजारमा ४३८ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको शेयरमुल्य २ महिना नपुग्दै ५ हजार रुपैयाँ माथि पुगेको छ।

सर्वसाधारणमा ४ लाख कित्ता मात्रै आइपीओ निश्काशन गरेको लघुवित्तको दोस्रो बजारमा आपुर्ति कम छ। थोरै कित्ता शेयर सूचीकृत भएको र वित्तीय अवस्था समेत राम्रो रहेको कारण पनि लघुवित्तको शेयरमूल्य दैनिक रुपमा बढ्दै गइरहेको लगानीकर्ताहरु बताउँछन्।

नेप्सेले महिला लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसादेखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो।त्यस अनुसार लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँ १० कित्ता शेयर खरिदबिक्री भएको थियो।कारोबार खुलेदेखि नै लघुवित्तको शेयर निरन्तर उकालो लाग्दै आइरहेको छ।

बिहीबार काराेबार खुलेकाे केहि समयमा नै  लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात  प्रतिकित्ता ४५७ रूपैयाँले बढेर  ५ हजार २९ रुपैयाँ पुगेको छ।

लगातार बढ्दै गएको उक्त कम्पनीको कारोबार भने निकै कम छ। पछिल्ला कारोबार दिनहरुको कारोबार हेर्दा दैनिक २ हजार ५०० कित्ताभन्दा धेरै कारोबार हुन सकेको छैन। बुधबार कम्पनीको २ हजार २४५ कित्ता शेयर कारोबार भएको थियो भने मंगलबार २ हजार ४३० कित्ता र सोमबार २ हजार ४२० कित्ता शेयर कारोबार भएको थियो।

महिला लघुवित्तको आइपीओ हात पार्ने लगानीकर्ताले ३ महिना पनि नपुग्दै १ हजारको लगानीले ५० हजार रुपैयाँ कमाएका छन्। आइपीओ १० कित्ता शेयर १०० रुपैयाँको दरमा किनेका लगानीकर्ताले बिहीबारसम्म्मा हजारौ गुणा आम्दानी गरेका छन्।

पछिल्लो समय अाइपीओमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा छ। आइपीओ निश्काशन गर्ने हरेक कम्पनीमा आवेदनको नयाँ रेकर्ड कायम हुँदै आएको छ। डिम्याट खाता खोल्ने लगानीकर्ताको सँख्या नै ३५ लाख भन्दा धेरै भइसकेको छ।

यसअघि आइपीओ निष्कासन गर्ने चन्दागिरि हिल्सको शेयरमूल्य पनि २ हजार ७०० माथि सम्म पुगेको थियो भने इन्फ्रास्टक्चर बैंकको पनि ७०० माथि पुगेको थियो। केहि समयअघि सम्म आइपीओ नै बिकाउन मुस्किल पर्ने हाड्रोपावर कम्पनीहरुको शेयरमूल्य समेत अहिले उच्च रुपले बढेको छ।

पछिल्लो समय आइपीओ निश्काशन गरेको ग्रीन लाईफ हाइड्रोपावरको शेयरमूल्य ४०० रुपैयाँभन्दा माथि पुगेको थियो भने सिंगटी हाइड्रोको पनि दैनिक रुपमा बढेर ५०० माथि पुगिसकेको छ।

केहि समय अघि मात्रै आइपीओ निश्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य समेत प्रतिकित्ता हजार रुपैयाँ नजिक पुगेको थियो। यसै कारण पछिल्ले समय आइपीओमा लगानीकर्ताको आकर्षण बढेको हो।

महिला लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो।

सर्वसाधारणको लागि निष्काशनमा ल्याएको उक्त शेयर फागुन १४ गते बाँडफाँट भएको थियो। भने चैत ३ गतेदेखि नेप्सेका कारोबार खुलेको थियो।

  • कस्तो छ वित्तीय अवस्था हेरौः

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार चैत मशान्तसम्ममा लघुवित्तले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा ३ करोड २ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले यस अवधिमा ११२.५५ प्रतिशतले नाफा बढाएको छ।

चैत मसान्तसम्म ८६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस लघुवित्तले ३ अर्ब १८ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। चालु आर्थिक वर्षमा लघुवित्तले निक्षेप र कर्जा लगानी क्रमश ३२ प्रतिशत र ८८ प्रतिशतले बढाएको छ।

१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १९ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ। गत वर्षसम्म ६ करोड रुपैयाँ मात्रै चुक्ता पूँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षमा नै सर्वसाधारणमा ४ लाख कित्ता शेयर जारी गरेर पूँजी १० करोड रुपैयाँ पुर्याएको थियो।

लघुत्तिको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा छ। गत वर्षको चैत मशान्तसम्ममा ७६ रुपैयाँ रहेको प्रतिशेयर अनाम्दानी यस अवधिमा १८ रुपैयाँले बढाएको हो। उसको प्रतिशेयर नेटवर्थ २९१ रुपैयाँ छ।

कर्जा लगानी उच्च रुपले बढाएको लघुवित्तको निष्कृय कर्जा अनुपात २.२५ प्रतिशत छ।

बैशाख २२ गतेको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ५३.३९ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।