निषेधाज्ञामा ग्राहकले शुल्क भुक्तानी नगरे पनि इन्टरनेट र टेलिफोन नकाट्नु : दूरसञ्चार प्राधिकरण

May 06, 2021 11:39 AM Merolagani

दूरसञ्चार सेवाको नियामक निकाय दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई निषेधाज्ञा भरी ग्राहकको इन्टरनेट तथा टेलिफोन नकाट्न आग्रह गरेको छ ।

प्राधिकरणले निषेधाज्ञामा ग्राहक घर भित्रै रहेको र सेवा प्रयोगबापतको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको भन्दै यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय निषेधाज्ञा पनि काठमाडौं उपत्यका सहित देशैभर इन्टरनेटको माग बढिरहेको छ अघिपछि भन्दा ३० प्रतिशत इन्टरनेट व्यान्डवीथ बढी खपत भइरहेको सेवाप्रदायकले बताउदै आएका छन् । यस्तो अवस्थामा पनि सेवाप्रदायकलाई नियामकले यस्तो आग्रह गरेको छ ।

प्राधिकरणले भनेको छ ‘सरकारले जारी गरेको निषेधाज्ञा अवधिभर इन्टरनेटको शुल्क नबुझाए पनि सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई आग्रह गर्दछ र निषेधाज्ञा अवधिभर इन्टरनेट निरन्तर सञ्चालन हुने व्यवस्था गर्न अनुरोध छ’ ।

सेवाग्राही घरभित्रै बस्नुपर्ने बाध्यता रहेकाले इन्टरनेटको पैसा तिर्न सकिरहेका छैनन।यस्तो अवस्थामा इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध नगर्न अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

गत बर्षको निषेधाज्ञामा पनि सेवाप्रदायकलाई नियामकले यस्तै निर्देशन दिएको थियो । सेवाप्रदायकले पनि लकडाउन अवधिभन्दा पछि नै सेवाग्राहीलाई इनटरनेट सेवाको भुक्तानी गर्न मौका दिएका थिए ।

एक इन्टरनेट सेवाप्रदायक कम्पनीका अघिकारीले भने प्राधिकरणले भने बमोजिमको अाग्रहलाई स्वीकार गर्न नसकिने अवस्थामा इनटरनेट सेवाप्रदायक रहेको बताए ।

‘बढी व्यान्डवीथ खपतको कारण थप व्यान्डवीथ आयात गरेर सेवाग्राहीलाई सेवा दिइरहेका छौं ती अधिकारीले भने ‘यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्ने अलमलमा छौं’ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।