बिहीबार सुनको मूल्य वृद्धि हुँदा चाँदी भने घट्याे

May 06, 2021 12:04 PM Merolagani

बिहीबार सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । बैशाख २३ गते सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । महासंघको तथ्यांक अनुसार तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बुधबार सुनको भाउ घटेर प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकिएको थियो ।

बिहीबार सुनको भाउ बढेतापनि चाँदीको भाउ ओरालो लागेको छ । चाँदीको भाउ लगातार दोश्रो दिन घटेको हो । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको भाउमा गिरावट आएर एक हजार ३२० रुपैयाँ तोकिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।