एनसेलले ल्यायो विभिन्न राहत प्याकहरु

May 07, 2021 10:15 AM Merolagani

कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्धेश्यका साथ एनसेलले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ ।

प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरुले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्ने एनसेलले जनाएकाे छ ।

प्रत्येक रिचार्जमा बोनस डेटाः यस अफर अन्तर्गत ग्राहकले ५० रूपैयाँ वा सो भन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० रूपैयाँ देखि ९९ रूपैायँको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि १०० रूपैयाँ देखि १९९ रूपैयाँ, २०० रूपैयाँ देखि २९९ रूपैयाँ, ३०० रूपैयाँ देखि ४९९ रूपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमश १०० रूपैयाँ एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । त्यसैगरी ५०० रूपैयाँदेखि ९९९ रूपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा १००० रूपैयाँ वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

३० दिने डेटा प्याकमा डबल डेटाः मंगलबार (वैशाख २१) बाट संचालनमा आएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । ग्राहकले कर सहित रु २४९ मा ३ दशमलब ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन् । त्यसैगरी कर सहित रु ३९९ मा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, रु ४९९ मा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् ।

वर्क फ्रम होम अफरः यस अवस्थामा कार्यालयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ । दैनिक डेटा प्याकमा ग्राहकले कर सहित मात्र ३१ रूपैयाँमा २ जीबी एप डेटा प्राप्त गर्छन् र उक्त डेटा भोल्युम मार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजे देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ । यसका साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्दछन् । त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र १२७ रूपैयाँमा १४ जीबी एप डेटा तथा ३ जिबी अल टाइम डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वर्क फ्रम होम अफर अन्तर्गतका प्याक आफ्नो आवश्यकता अनुसार रोज्न सक्छन् । प्याक अन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि विद्यमान् डेटा शुल्क लाग्नेछ ।

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनसः निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रुपमा पाउन सम्भव नभएकाे अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेल एप, च्याटबोट र वेभसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्छन् । १ दिनको प्याक (१८ रूपैयाँ), ७ दिनको प्याक ( ९८ रूपैयाँ ), १४ दिनको प्याक ( १३९ रूपैयाँ ) खरिदमा १५० एमबी देखि २ जीबी सम्म बोनस डेटाको सुविधा रहेको छ । त्यस्तै ट्रीपल मजा प्याक अन्तर्गत ७ दिनको प्याक ( १०९ रूपैयाँ), १० दिनको प्याक ( १४७ रूपैयाँ) र ३० दिनको प्याक ( ४५९ रूपैयाँ) को खरिदमा ०.५ जीबी देखि ०.७५ जीबी सम्म बोनस पाउन सकिन्छ ।

एनसेल सापटीमा विभिन्न सुविधाः एनसेलले सापटी सेवामा थप सुविधाहरु दिएको छ । यो योजना लागु भएसँगै ग्राहकले अब सापटी सेवा अन्तर्गत पुरानै सेवा शुल्कमा ८० रूपैयाँसम्म सापटी लिन सक्नेछन् । साथै ग्राहकले १२०० एमबी डेटा पनि सापटी अन्तर्गत लिन सक्छन् र यस सुविधाका लागि ग्राहकले डेटा सुल्क, सेवा शुल्क र कर सहित ८२.५५ रूपैयाँपछि रिचार्ज गरि तिर्न सक्छन् । सापटी सेवामै ग्राहकले १ दिनको समयसिमा रहेको १५ मिनेटको टक टाइम कुल १२.५५ रूपैयाँमा र २०० एमबी डेटा २२.५५ रूपैयाँमा लिन सक्छन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी सापटी लिन सक्छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।