युनाइटेड इन्स्योरेन्सको खुद नाफामा व्यापक वृद्धि, अन्य सूचक कस्तो ?

May 07, 2021 11:34 AM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा उल्लेख्य वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा खुद नाफा करिब ३३५ प्रतिशतले बढाएको हो ।

कम्पनीको खुद नाफा ३३४.९४ प्रतिशतले बढेर ५ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १ करोड २१ रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ५३.१२ प्रतिशतले बढेर ३७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, इन्स्योरेन्सले यस अवधिमा पुर्नबीमा कमिशनबाट ९ करोड २१ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब २ करोड ८१ लख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैया, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात १३९.७७ गुणा रहेको छ ।

इन्स्योरेन्सले यस अवधिसम्ममा १ लाख ८ हजार १०८ वटा बीमालेख जारी गरि ८७ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै ३ हजार २९१ वटा दाबी बापत ४० करोड ३३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ४ हजार ६८३ वटा दाबी बापत ६९ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।