सुनको मूल्य एकैदिन ११०० रुपैयाँले बढ्यो, साताभरमा १८०० रुपैयाँले बढोत्तरी

May 07, 2021 11:19 AM Merolagani

शुक्रबार सुनचाँदीको मूल्य बढोत्तरी भएको छ । बैशाख २४ गते सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको तथ्यांक अनुसार यस दिन तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँमा रहेकाे छ ।

अघिल्लो कारोबार दिन सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको थियो ।

साताभरमा सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको छ । अघिल्लो शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको थियो । त्यसयता भने सुन निरन्तरजसो वृद्धि भएको थियो । यद्यपी यस साताको बुधबार भने सुनको मूल्य ओरालो लागेको थियो ।

सुनसँगै शुक्रबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार भने चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा झरेको थियो ।

यस साता चाँदी तोलामा ५५ रुपैयाँले वृद्धि भएको महासंघको तथ्यांकमा देखिन्छ । अघिल्लो साताको शुक्रबार चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

कोरोना महामारीका कारण जारी भएको लकडाउनले सुनचाँदी व्यवसाय प्रभावित बनेको छ । देशका अधिकांश स्थानमा यतिबेला सुनचाँदी व्यवसाय ठप्प रहेको छ । यद्यपी साताभर जसो नै सुनचाँदीको मूल्य उकालो लागेको महासंघले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।