ब्याज आम्दानीसँगै बढ्यो सपोर्ट माइक्रोफाइनान्सको नाफा, प्रतिशेयर आम्दानी कति?

May 07, 2021 12:29 PM Merolagani

सपोर्ट माइक्रोफाइनान्स (SMB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२१ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ। जुन २२१.०३ प्रतिशतले धेरै हो।

लघुवित्तको खुद ब्याज आम्दानी पनि ८१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा पनि २२४ प्रतिशतले बढेको छ जसले गर्दा उसको नाफा बढ्न टेवा पुगेको हो।

लघुवित्तको खराब कर्जा भने बढेर ४.४९ प्रतिशत पुगेको छ।

६ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट बढेर ४२ रुपैयाँ पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।