स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने बक्यौता ५ अर्ब पुग्यो, किन तिर्दैन रकम ?

May 07, 2021 12:34 PM merolagani

युवराज बस्नेत

नीजि क्षेत्रको मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले सरकारलाई तिनुपर्ने बक्यौता झन्डै पाँच अर्ब पुगेको छ ।

नेपालकै तेस्रो ठूलो टेलिकमको रुपमा स्थापना भएको स्मार्ट टेलिकम गम्भिर आर्थिक संकटमा परेको भन्दै विगत ४ बर्षदेखिको वक्यौता रकम सरकारलाई तिर्न सकेको छैन ।

हाल स्मार्ट टेलिकमले विभिन्न शिर्षकमा नेपाल दूरसञ्चार प्राधिकरणलाई ४ अर्ब ८३ करोड रुपैयाँ बुझाउन बाँकी छ ।  प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार स्मार्ट टेलिकमले किस्ता रकम, फ्रिक्वेन्सी वापतको रकम बुझाउन सकेको छैन् ।

प्राधिकरणले बारम्बार रकम बुझाउन ताकेता गरेपनि नियामकलाई कम्पनीले अटेर गर्दै आएको छ । रकम बुझाउन नसकेको भन्दै नियामक दूरसञ्चार प्राधिरणले गत ०७६ असोजमा लाइसेन्स समेत खारेज गरेको थियो ।

तर, सरकारले विभिन्न शर्तसहित प्राधिकरणको खारेजी गर्ने निर्णय बदर गर्यो ।

तर, सरकारले तोकेको शर्तसमेत उल्लङ्घन गरी बक्यौता रकम तिर्न आनाकानी गरिरहेको छ ।
सरकारले बक्यौता तिर्न किस्ता सुविधा दिएपनि कुनैपनि किस्ता रकम प्राधिकरणलाई भु्क्तानी गर्न नसकेको प्राधिकरणका अधिकारीहरु बताउछन् ।

स्मार्ट टेलिकमले गत फागुनसम्म बाँकी किस्ता रकम बुझाउन निर्देशन सहितको पत्र पठाएपनि फागुन मसान्तमा तिर्न नसकिने भन्दै असारमसान्तसम्म तिर्ने जानकारी प्राधिकरणलाई गराएको छ ।

प्राधिकरणका एक उच्च अधिकारीले अब असार मसान्त सम्मलाई अन्तिम मौका दिइएको र असारमसान्तमापनि रकम नबुझाए स्मार्ट टेलिकमलाई सरकारको अधिन लिने गरी काम अघि बढाइएको बताए ।

उनका अनुसार असार मसान्तमासमेत किस्ता, जरिवाना रकम, फ्रिक्वेन्सी दस्तुर नबुझाएर कानूनी प्रक्रिया अपनाउदै लाइसेन्स खारेज गर्ने तयारी प्राधिकरणको तयारी छ ।

‘स्मार्ट टेलिकमले केहि समय भित्रै विदेशी लगानी ल्याउनेसमेत हल्ला छ’ ती अधिकारीले भने ‘ कम्पनी आफैलेपनि विदेशी लगानीको लागी प्रयास गरीरहेको भन्दै पत्र पठाएको थियो’ ।

स्मार्ट टेलिकम मात्रै होइन अन्य सेवाप्रदायकलेपनि तिनुपर्ने बक्यौता तिर्न सकेका छैनन ।

प्राधिकरणका अनुुसार युनाइटेड टेलिकमकोपनि डेढ अर्ब हाराहारीमा बक्यौता पुगिसकेको छ ।
प्राधिकरणले बारम्बार तोकता गर्दापनि अटेर गरी किस्ता रकम तिर्न पटक पटक समय थपको माग गर्दै आएको छ ।

प्राधिकरणले बक्यौता बुझाउन चार पटक समय थप गरीसकेको छ । हाल स्मार्ट टेलिकमले सेवा विस्तार गर्न सकिरहेको छैन ।

कम्पनीका भ्वाइस तर्फ २२ लाख ग्राहक रहेको र मोबाइल डेटा तर्फ २ लाख ग्राहक रहेको तथ्याङ्कले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।