भारतबाट ५० लाख डोज खोप तत्काल नेपाल आउदैन : स्वास्थ्य मन्त्रालय

May 07, 2021 04:36 PM Merolagani

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सेरम  इन्स्टिच्युट इन्डियाले क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै खरिद गरिएको १० लाख डोज खोप  दिने जानकारी गराएको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सरकारले भारतबाट ५० लाख जोड कोभिशिल्ड खोप खरिद गर्ने भनेपनि अब त्यो खोप आउने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । 
 
खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निणर्य गर्ने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको समेत दाबी गरेको छ ।
 
सेरम इन्स्टिच्युटको कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध आएकाले क्षमता बिस्तार हुनेबित्तिकै आपूर्ति गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।