विगत २४ घण्टामा देशभरमा भएको २० हजार ४८२ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १९ हजार ९८७ आरटि पीसीआर परीक्षण र ४९५ एन्टिजेन परीक्षण भएको थियो ।
यसैगरी एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० रहेको छ । हालसम्म देशमा कुल तीन हजार ५७९ जना संक्रमितको निधन भइसकेको छ ।
सोहि अवधिमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या भने दुई हजार ९०५ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमित हुनेको संख्या तीन लाख ७७ हजार ६०३ र संक्रमण जित्नेको संख्या दुई लाख ९५ हजार ३९५ रहेको छ ।
आज काठमाडौंमा तीन हजार ८९ जना, ललितपुरमा ६४३ जना र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ । यसरी उपत्यकामा एकैदिन चार हजार १०६ जना कोरोना संक्रमित थपिएका हुन् ।
हाल क्वारेन्टिनमा ३८० जना रहेका छन् । थपिने संक्रमितमध्ये सबैभन्दा धेरैे ३० देखि ३९ वर्षसम्मका दुई हजार २५० जना र २० देखि २९ वर्षभित्रका दुई हजार १५१ जना रहेको छ ।