एक महिनामा लगानीकर्ताले लिए साढे १० अर्ब मार्जिन कर्जा, एक वर्षमा ९४ प्रतिशतले बढ्याे

May 09, 2021 11:46 AM Merolagani

शेयर बजार बढ्दा मार्जिन कर्जामा लगानीकर्ताहरुको आकर्षण बढ्दो क्रममा छ। पछिल्लाे समय उच्च रुपले बढेको बजारमा कर्जा लिएर लगानी गर्ने लगानीकर्ताहरु बढेका छन् जसले गर्दा गत एक वर्षमा नै बैंकहरूकाे मार्जिन कर्जा दाेब्बर भएकाे छ।

गत चैत महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाहरूले १० अर्ब ४७ करोड मार्जिन कर्जा लगानी गरेको केन्द्रिय बैंकको तथ्याङ्कले देखाउँछ। गत फागुन अन्तिम सम्ममा ८१ अर्ब ४१ करोड रुपैयाँ मार्जिन कर्जा लगानी भएकोमा चैत अन्तिमसम्ममा ९१ अर्ब ८९ करोड रुपैयाँ मार्जिन कर्जा लगानी भएको छ। जुन १२.८७ प्रतिशतले धेरै हाे।

चैत महिनामा बजार बढ्दो क्रममा देखिएको थियो। नेप्सेमा २५० अंकको करेक्सन पछि चैत सुरुदेखि नै बढ्न थालेको बजारमा कर्जा लिएर लगानी गर्ने लगानीकर्ता समेत बढेको देखिन्छ। बढ्दो बजारमा मात्रै होइन फागुनमा बजार घटेको अवस्थामा समेत लगानीकर्ताहरुले कर्जा लिएरै लगानी बढाएका थिए। पछिल्लेा समय लगानीकर्ताहरुमा बजार अझै बढ्छ भन्ने विश्वासले उनीहरु कर्जा लिएरै लगानी बढाइरहेको लगानीकर्ताहरु बताउँछन्।

विगतका वर्षहरुमा बजार वियरिस ट्रेण्डमा रहँदा बैंकहरुले अनेकौ स्किम ल्याउँदा पनि बढाउन नसकेको मार्जिन कर्जा पछिल्लो समय भने उच्च रुपले बढेको छ। गत एक वर्षमा नै बैंक तथा वित्तीय संस्थाहरुको यस्तो क्षेत्रमा लगानी झण्डै दोब्बर भएको छ। गत वर्षको चैत अन्तिम सम्ममा ४७ अर्ब ४३ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेकोमा चालु आर्थिक वर्षको चैत मशान्तसम्ममा यस्तो कर्जा ९१ अर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ।

वाणिज्य बैंकहरूको मात्रै लगानी हेर्ने हो भने यस अवधिमा कर्जा लगानी दोब्बर भन्दा पनि बढी भएको छ। गत वर्षको चैत्र मशान्तसम्ममा ३८ अर्ब मार्जिन कर्जा लगानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७८ अर्ब भन्दा धेरै लगानी गरेका छन्।

फागुनसम्ममा ७० अर्ब ४१ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले चैत एक महिनामा यस्तो कर्जा १२.१९ प्रतिशतले बढाएर ७८ अर्ब ९९ करोड रुपैयाँ पुर्याएका छन्।

त्यस्तै विकास बैंकहरुले पनि चैतसम्ममा १० अर्ब ३२ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेका छन् जुन अघिल्लो महिनाको तुलनामा १६.७८ प्रतिशतले धेरै हो। फागुनसम्ममा विकास बैंकहरुले ८ अर्ब ८३ करोड रुपैयाँ मार्जिन कर्जा दिएका थिए।

यस अवधिमा फाइनान्स कम्पनीहरुको मार्जिन कर्जाको अनुपात सबैभन्दा धेरै १८ प्रतिशतले बढेको छ। फागुन अन्तिमसम्ममा २ अर्ब १६ करोड रुपैयाँ मार्जिन कर्जा लगानी गरेकोमा चैत अन्तिमसम्ममा आइपुग्दा यस्तो कर्जा २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो महिनाको तुलनामा १८.९९ प्रतिशतले धेरै हो।

चालु आर्थिक वर्षमा केन्द्रिय बैंकले पनि मौद्रिक नीतिमार्फत यस्तो कर्जामा केही लचकता अपनाउँदै सिमा बढाइदिएको छ भने ब्याजदर घटेको बेला शेयर बजार बढ्दो क्रममा रहेको छ यसले गर्दा आर्थिक वर्षको सुरुवातदेखि नै मार्जिन कर्जाको अनुपात बढ्दो क्रममा छ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएको कारण अझै बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ। जसले गर्दा तत्काल कर्जाको ब्याजदर बढ्ने सम्भावना देखिदैन। यसले गर्दा पनि लगानीकर्तामा आत्मविश्वास बलियो रहेको देखिन्छ।

बैंकहरुले पछिल्लो समय मार्जिन कर्जा बढाइरहेको भए पनि यो केन्द्रिय बैंकले तोकेको सिमाभन्दा अझै निकै तल छ। केन्द्रिय बैंकले शेयर धितो प्रवाह भएका कर्जालाई मार्जिन कर्जा शीर्षकमा राख्नुपर्ने व्यवस्था गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।