भिडियो कन्टेन्टले इन्टरनेटमा अत्याधिक ट्राफिक,सेवा प्रदायक भन्छन्-धान्न नसक्ने अवस्था हुनसक्छ

May 09, 2021 03:09 PM merolagani

युवराज बस्नेत

कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि ग्राहक भिडियो कन्टेन्टमा सबैभन्दा बढी झुमिन थालेका छन ।भिडियो कन्टेन्टमै इन्टरनेटको चाप पर्न थालेपनि पछिल्ला दिनमा फाइबर इन्टरनेटमा थेग्न नसक्ने गरी इन्टरनेट ट्राफिक बढेको सेवाप्रदायकले बताएका हुन ।

 

सरकारले कोरोना भाइरस रोकथाम तथा संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको ११ दिन बितिसकेको छ । यो अवधिमा घरैमा बसेका अधिकांशले इन्टरनेटमा भिडियो कन्टेन्ट प्रयोग गरिरहेका छन ।

मानिसहरु भिडियो कन्टेन्ट, युटुब, फेसबुक र टिकटकमा बढी संक्रिय भएपछि इन्टरनेट ब्याण्डविथ खपत र इन्टरनेट ट्राफिक निकै बढेको सेवा प्रदायकहरुको भनाई छ ।

टेलिकम कम्पनी र फाइबर इन्टरनेट सेवाप्रदायकका अनुसार यो समयमा सामान्य अवस्था भन्दा ४० देखि ४५ प्रतिशतसम्म बढी इन्टरनेट प्रयोगको भइरहेको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष तथा सुविसु केबल नेटका संस्थापक सुधीर पराजुलीलेले पनि भिडियोमा आधारित कन्टेन्टहरुको प्रयोग र माग शतप्रतिशत बढेको बताउँदै ब्यान्डबिथ खपत उच्च देखिएको जानकारी दिए ।

उनका अनुसार भिडियो कन्टेन्टले व्यान्डवीथ खपत अनियन्त्रित भएकाले सेवाप्रदायकले धान्न नसक्ने अवस्थामा पुगेको छ । ‘यूट्यूब र फेसबुक भिडियोको प्रयोग शतप्रतिशत बढेको छ’ उनले भने ।

त्यस्तै भायानेट कम्युनिकेशन प्रालिका प्रबन्ध निर्देशक विनय बोहराले लकडाउनमा मानिसहरु गुगल र युटुबमै व्यस्त रहेको जानकारी बताए । उनका अनुसार पछिल्लो पटक फेसबुकले भिडियोमा आधारित फिचर ल्याएपछि सेवाग्राहीका आकर्षण त्यतै तर्फ रहेको उनको बोहोराको भनाई छ ।

‘पछिल्लो समय ९०० जीबिपिएस सम्म इन्टरनेट खपत भइरहेको छ’ उनले भने ‘ दिउसो ११ देखि ४ बजेसम्म र वेलुकी ७ बजेदेखि ११ बजेसम्म इन्टरनेटमा बढी ट्राफिक छ’ । कहिलेकाही इन्टरनेटको प्रयोग १ टिविपिएस सम्म पनि पुगेको रेकर्ड सेवाप्रदायक सँग छ ।

यतिवेला काठमाडौं उपत्यका लगाएत देशैभरका कार्यालयहरु वर्कफ्रम होममा आधारित छन जसले गर्दा यस्तो अवस्था आएको छ ।

फाइबर इनटरनेट सेवामा मात्रै होइन मोबाइल डेटा तर्फ पनि उतिकै चाप रहेको दूरसञ्चार सेवाप्रदायकले जनाएका छन् ।

गत बर्ष लकडाउनकै समयमा टेलिकम कम्पनीहरुले ग्राहकलाई मोबाइल डेटा २५ प्रतिशत  सस्तोमा उपलब्ध गराएका थिए भने इन्टरनेट सेवाप्रदायकललाई सेवामा २५ प्रतिशत छुट दिन सरकारले निर्देशन दिएको थियो ।

नेपाल दू्रसञ्चार प्राधिकरणले ग्राहकहरुले सेवा शुल्क तिर्न नसकेर भन्दै इनटरनेट सेवाको नवीकरण नगरेपनि  लाईन नकाट्न निर्देशन दिएको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।