प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा स्थगित

May 09, 2021 01:22 PM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को वार्षिक साधारण सभा स्थगित भएको छ। कोभिड १९ का कारण काठमाडौं उपत्यका लगायत अन्य अन्य स्थानमा निषेधाज्ञा जारी भएपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो।

कम्पनीले जेठ २ गते होटल इच्छा, सिमरा, बारामा १९ औं वार्षिक साधारण सभा बोलाएको थियो।

कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित तयारी गरेको थियो।

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ पुग्नेछ।

यस्तै प्रस्तावित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दैछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।