हिमालयन डिष्टिलरीको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

May 09, 2021 02:08 PM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९ प्रतिशत बढेर ३ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा ५० प्रतिशत बढेर ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १८.८६ प्रतिशत बढेर ७६ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १०० रुपैयाँ ७६ पैसा रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १०३ रुपैयाँ ३७ पैसा कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।