नेशनल माइक्रोफाइनान्समा समाहित हुने प्रस्ताव पारित गर्न महिला सहयात्राले डाक्यो विशेष साधारण सभा

May 24, 2021 08:47 AM Merolagani

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडसँग समाहित हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ।

लघुवित्तले जेठ २५ गते, आफ्नो केन्द्रिय कार्यालय, चित्लाङ्ग, मकवानपुरमा सो सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सो सभामा भिडियो कन्फरेन्समार्फत पनि सहभागि हुन सकिने व्यवस्था गरिएको छ।

सभाले महिला सहयात्राको १०० कित्ता बापत नेशनल माइक्रोफाइनान्स (NMFBS) को ६८ कित्ताको अनुपातमा नेशनलले महिला सहयात्रालाई एक्वायर गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले जेठ १७ गते एक दिन बुकक्लोज गर्ने भएको छ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।