रिलायवल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलायो

May 26, 2021 10:14 AM Merolagani

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले भर्चुअल माध्यमबाट, प्रधान कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा असार ४ गते दिनको १ बजे साधारण सभा बोलाएको हो।

सभामा सर्वसाधारणलाई छुट्टाएको शेयर जारी गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गर्दैछ।

हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

यस्तै, साधारण सभाले सञ्चालककाे नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु समेत परित गर्नेछ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।