नेप्से ३००० विन्दु नजिक, ३० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jun 08, 2021 03:33 PM Merolagani

मंगलबार नेप्से परिसूचकले पुनः नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्सेले गत आइतबारको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको छ।

नेप्से दैनिक उकालो लाग्दा ३००० विन्दु नजिक पुगेको छ। नेप्से परिसूचक ३००० विन्दुसम्म पुग्छ भन्ने आंकलन लगानीकर्ताहरुले केही समय अघिदेखि नै गर्दै आएका थिए। सोही कारण लगानीकर्ताहरुको मनोबल र नेप्से दुबै उकालो लागिरहेको छ। लकडाउनका कारण अन्य क्षेत्रको लगानी पूँजीबजारमा भित्रिएकोले बजार बढीरहेको विश्लेषण पनि लगानीकर्ताहरुले गरिरहेका छन्।

नेप्से परिसूचक यस दिन ५३.४४ अंक बढेर २९६०.१४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.४७ अंक बढेर ५२८.१० विन्दुमा पुगेको छ। मंगलबार फ्लोट इण्डेक्स ३.९४ अंक बढेर २०५.२२ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक बढेर १७६.०८ विन्दुमा पुगेको छ।

यस दिन २१८ कम्पनीको १ लाख ४९ हजार ७०८ पटकको कारोबारमा १६ अर्ब ८५ करोड ५१ लाख ९९ हजार रुपैयाँ बराबरको ३ करोड ५७ लाख ३७४ कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेले नयाँ अलटाइम हाइ बनाएको दिन ३० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, जानकी फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, सांग्रीला डेभलपमेन्ट बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको मेरो माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक २.८५ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ९.०४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ८.७१ प्रतिशत बढेको छ। निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ भने उत्पादनमूलक, अन्य र म्युचुअल फण्डको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।