हिमालयन रि ले व्यवसाय सञ्चालनको तयारी थाल्यो, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता

Jun 11, 2021 12:37 PM Merolagani

हिमालयन रि इन्स्योरेन्स कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । नयाँ पुनर्बीमा कम्पनीको रुपमा हिमालयन रि जेठ २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो ।

बीमा समितिले गत जेठ १७ गते नयाँ पुनर्बीमा कम्पनीको रुपमा सञ्चालन गर्न अनुमति दिएको थियो । समितिबाट व्यावसाय सञ्चालन अनुमतिको पाएको एक सातामै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न सफल भएको हो ।

हिमालन रि गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता नम्बर २ लाख ६३ हजार ६१८ मा दर्ता भएको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा औपचारिक रुपले दार्ता भएपछि कम्पनी व्यवसाय संञ्चालनको तयारीलाई तिव्रता दिएको छ ।

हिमालयन रि इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यवसायिक घरानाको लगानी रहेको छ ।

नयाँ पुनर्बीमा सञ्चालनको लागि समितिमा हिमालयन रि सहित प्रुडेन्सियल रि, काठमाडौं रि, जेन्युइन रि, अन्नपूर्ण रि प्रस्ताव पेश गरेका थिए । बाँकी कम्पनीलाई उछिन्दै हिमालयन रि ले व्यवसाय सञ्चालनको लागि बीमा समितिबात अनुमति पाएको थियो ।

अहिले पुनर्बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी मात्रै सञ्चालनमा छ । नीजि क्षेत्रबाट हिमालयन रि थपिएपछि नेपालमा २ वटा पुनर्बीमा कम्पनी पुगेको ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।