सिईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीहरुको शेयर ३ वर्षसम्म किनबेच गर्न राेक

Jun 11, 2021 01:18 PM Merolagani

सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (CHDC) का संस्थापक र कर्मचारीहरुको शेयर लकिंङ्ग पिरियड लागू भएको छ । त्यस अनुसार कम्पनीका संस्थापक र कर्मचारीहरुले सिईडीबी हाइड्रोपावरको शेयर ३ वर्षसम्म किनबेच गर्न नपाइने भएको हो ।

कम्पनीको शेयर २०७८ बैशाख ३१ गते बाँडफाँड भएको उल्लेख गर्दै त्यस अनुसार २०८१ वैशाख ३० गतेपछि मात्रै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको शेयर खरिदबिक्री गर्न सकिने जनाएकाे छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाईने व्यवस्था गरेको छ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।