सिद्धार्थ इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी एक अर्ब १२ करोड पुग्ने

Jun 11, 2021 04:06 PM Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित उक्त लाभांश पारित गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३.७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पछि कम्पनकिो चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।

उक्त प्रस्तावित लाभांश आज शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो ।

यस्तै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा गत आर्थिक वर्षको वित्तीय विवरणको प्रतिवेदन पनि पारित गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।