साना कम्पनीको छुट्टै शेयर कारोबार गराउने तयारी, बोर्डले गृहकार्य गर्दै, के हो एसएमइ प्लेटफर्म ?

Jun 12, 2021 10:14 AM Merolagani

सुवास निरौला 

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरूलाई छुट्टै शेयर निष्कासन तथा कारोबार गराउने गृहकार्यलाई अन्तिम रूप दिँदै छ। बोर्डले साना तथा मझौला कम्पनीहरूलाई धितोपत्र बजारको माध्यमबाट पूँजी जुटाउन र कारोबार गराउन भन्दै छुट्टै प्लेटफर्म निर्माणमा अन्तिम गृहकार्य गरिरहेको हो।

बाेर्डले यस बिषयमा  एक कमिटीनै गठन गरेर अध्ययन गराइ रहेको छ। साना तथा मझौला कम्पनीहरूलाई प्राथमिक बजार सहित दोस्रो बजारमा कारोबार गराउन भन्दै गठन गरिएको कमिटीले लगभग अध्ययन सकाएको अबस्था छ। उसले चाँडै बोर्ड समक्ष उक्त प्रतिवेदन बुझाउने गरी काम सकाएको अध्ययन कमिटीका संयोजकले जानकारी दिएका छन्। “हामीलाई साना तथा मझौला कम्पनीहरुको प्राथमिक बजार र दोस्रो बजारमा कसरी कारोबार गराउन सकिन्छ ? त्यसको सम्भाव्यता, आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यास र त्यसको कार्यान्वनकालागि गर्नु पर्ने कार्यको पहिचान गर्न जिम्वेवारी दिइएको थियो। जसलाई हामीले निकै मेहनतका साथ अध्ययन गरेका छौ। जुन लगभग सकिएको छ” अध्ययन कमिटीका संयोजकले मेरो लगानीसँग भने।

उनका अनुसार रिपोर्टमा सबै बिषय समेटिएको छ। उक्त रिपोर्ट कै आधारमा बोर्डले उक्त कार्य अघि बढाउन चाँडै निर्देशन दिने तयारी समेत गरिरहेको संयोजकको भनाई छ। उनका अनुसार बोर्डले नेपाल स्टक एक्सचेन्जलाई साना तथा मझौला कम्पनीहरूलाई छुट्टै कारोबार गराउन सक्ने गरी छुट्टै कारोबार सेक्सन निर्माण गर्न निर्देशन दिने छ। बोर्डको निर्देशन अनुसार नियमित कारोबारमै साना तथा मझौला कम्पनीहरूको कारोबार गर्ने नयाँ सेक्सन नेप्सेले निर्माण गर्ने छ।

यति बेला अनलाइन शेयर कारोबार गर्दा कुन प्रडक्ट खरिद बिक्रि गर्ने हो भनेर लगानीकर्ताले कारोबारको प्रकार छान्नु पर्छ। जस्तै इक्युटिको कारोबार गर्ने हो भने इक्युटिमा किल्क गर्नु पर्छ भने ऋणपत्रको कारोबार गर्ने भए ऋण पत्रको फिचरमा किल्क गर्नु पर्छ। त्यस्तै गरी नेप्सेले साना तथा मझौला कम्पनीको फिचर थप गर्ने छ।

नेप्सेले कारोबार गराउने फिचर मात्रै थप्ने छैन उसले साना तथा मौला कम्पनीहरूको सूचीकरणको पनि छुट्टै व्यवस्था गर्ने छ। साना कम्पनीहरूले सूचीकरणको लागि शुल्कदेखि मापदण्ड समेत स्टकले निर्धारण गर्ने छ। उसले तोकेका मापदण्ड पुर्‍याउने कम्पनीहरूलाई स्टकले सूचीकरणदेखि कारोबार गर्ने अनुमति प्रदान गर्ने छ। दोस्रो बजारमा नियमित कारोबार गरे जस्तै गरी लगानीकर्ताले साना कम्पनीको शेयर किनबेच गर्न सक्ने छन्।

बोर्डले दोस्रो बजारको जिम्मेवारी नेप्सेलाई दिने छ भने प्राथमिक निष्कासनको जिम्मेवारी भने आफैले तय गर्ने छ। साना कम्पनीहरुकोलागि प्राथमिक शेयर निष्कासन गर्ने मापदण्ड बोर्डले नै निर्धारण गर्ने छ। निर्धारण गरेका मापदण्ड पुर्‍याउने कम्पनीहरूलाई प्राथमिक बजारबाट पूँजी सङ्कलनको अनुमति बोर्डले दिने छ।

खासगरि अर्थतन्त्रमा प्रमुख योगदान दिने साना तथा मझौला कम्पनीहरूलाई अर्थतन्त्रको मूलधारमा ल्याउने योजना बोर्डको हो। अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिए पनि उनीहरूले सधैँ उपेक्षित हुनु पर्ने अवस्थाको अन्त्य गर्न पनि त्यस्ता कम्पनीहरूलाई धितोपत्र बजारमा सहभागी गराउन लागिएको बोर्डको भनाइ छ। जसले साना कम्पनीहरूलाई पूँजी सङ्कलनमा सहयोग पुर्‍याउने छ भने कालन्तरमा तीनै कम्पनी ठुला कम्पनीमा रूपान्तरण हुने सम्भावना पनि उत्तिकै हुन्छ। जसले गर्दा उनीहरूलाई अवसर दिन खोजिएको बोर्डको तर्क छ।

संसार भरिकै पूँजी बजारमा यस्तो प्लेटफर्मको विकास तीव्र रुपमा भई रहेको भए पनि नेपालको लागि भने यो बिलकुलै नौलो अभ्यास हो। छिमेकी राष्ट्र भारत पनि त्यहाँको शेयर बजारको नियामक निकाय सेक्युरुटिज बोर्ड अफ इन्डियाले त्यहाँका प्रमुख स्टक एक्सचेन्ज बिएसि सेनसेक्स र नेशनल स्टक एक्सचेन्ज मार्फत त्यस्तो प्लेटफर्म उपलब्ध गराउँदै आएको छ। भारतमा सन् २०१२ देखि उक्त प्लेटफर्म मार्फत कारोबार हुँदै आएको छ। भारतमा तीन करोड रुपैयाँ देखि २५ करोड रुपैयाँ सम्म चुक्ता पूँजी भएका कम्पनीलाई त्यस्तो प्लेटफर्म उपलब्ध गराउने गरिएको छ।

नेपालमा भने कस्ता कम्पनी र कति पूँजीका कम्पनीहरूले त्यस्तो प्लेटफर्मको उपयोग गर्न पाउने हो भन्ने बारेमा भने बोर्ड केही खुलाएन।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।