लकडाउनमा खर्च जाेहाे गर्ने माध्यम बन्याे शेयरबजार

Jun 13, 2021 10:16 AM Merolagani

गुल्मिका शिवहरी बस्यालले लकडाउनमा निष्काशित आईपीओमार्फत नेपाली धिताेपत्र बजारमा लगानी गर्न शुरु गरेका थिए। थोरै लगानीमा छोटो समयमा नै राम्रो आम्दानी हुन थालेपछि बस्यालले अन्य परिवार सदस्यकोे नामबाट पनि आईपीओ भर्ने गरेका छन्।

परिवार सदस्य ६ जनाको नाममा आईपीओ भर्दा धैरैजस्तो कम्पनीको काेही न कोहीलाई पर्ने गरेको उनी बताउछन्। त्यसैबाट लकडाउनको समयमा घर चलाउनको कुनै कठिनाई नभएको उनी सुनाउछन्।

आईपीओमा लगानी गरेर आर्जन गरेको केही रकम लिएर बस्याल दास्रो बजारमा प्रवेश गरेका छन्। अबदेखि दास्रो बजारमा निरन्तर रुपमा आफ्नो क्षमता अनुसार लगानी गर्दै जाने उनको योजना छ।

प्राथमिक बजारमा शेयर जारी भएका कम्पनीको शेयरमा प्रतिकित्ता एक सय रुपैयाँ लगानी गरेका लगानीकर्ताले शेयर बजार नै आम्दानीको राम्राे स्रोतको रुपमा लिने गरेको पाइन्छ। बजारले बढ्दो गति लिएसँगै चालु आर्थिक वर्षमा सर्वसाधारणमा प्राथामिक शेयर निष्काशनको रेकर्ड ब्रेक भएको छ। लकडाउन शुरु भएको करिब १४ महिनाको अवधिमा २० वटा कम्पनीहरु प्राथमिक बजार हुँदै दोस्रो बजारमा भित्रियका छन्।

पछिल्लो एक वर्षमा शेयर बजारले बढ्दो गति समाएसँगै शेयर बजारमा सुचीकृत नयाँ तथा पुराना कम्पनीहरुको शेयरमूल्यमा उछाल आएको छ। यस अवधिमा प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरुले समेत बजारबाट छोटो अवधिमा मनग्य आम्दानी गर्न सफल भएका छन्।

सन् २०२० पछि प्रथामिक बजारमा शेयर निष्काशन गरेका कम्पनीहरुको शेयर अहिले दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाईमा परेका छन्। विश्वभर फैलिएको कोरोना भाईरस नियन्त्रण गर्नको लागि गरिएको लकडाउनको समयमा जारी भएका शेयरबाट राम्रो आम्दानी हुन थालेपछि दास्रो बजारमा नयाँ लगानीकर्ता भित्रने संख्यामा पनि उल्लेख्य वृद्धि भयो।

कुन कम्पनीको शेयर मूल्य कति पुग्यो?

यस अवधिमा शेयर जारी गर्ने सबै कम्पनीको शेयर माग दास्रो बजारमा उच्च रहेको छ। जस कारणले गर्दा उक्त कम्पनीहरुको मूल्य उच्च रहेको छ। जेठ २७ गते बिहीबारकाे मूल्य अनुसार महिला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै अर्थात प्रतिकित्ता ५ हजार रूपैयाँभन्दा बढी रहेको छ। लघुवित्तकाे शेयर प्रतिकित्ता ४३८ रूपैयाँमा पहिलाे काराेबार भएकाे थियाे।

त्यसैगरी, समाज लघुवित्तको शेयर दास्रो बजारमा सूचीकृत भएता पनि कारोबार हुन सकेको छैन। सर्वसाधारणलाई आईपीओ बिक्री गरे लगत्तै स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता गरेको कारण लघुवित्तको शेयर कारोबार हुन नसकेको हो। 

यस अवधिमा शेयर बजारमा प्राविधिक रुपमा धेरै सुधार भएको र अनलाईन मार्फत नै शेयर कारोबार गर्न सकिने अवस्था सिर्जना भएको नेपाल धितोपत्र बोर्डले बताएको छ। आ–आफूलाई सहज पर्ने स्थानमा बसेर शेयर कारोबार गर्न सकिने भएपछि शेयर बजारमा आम लगानीकर्ताहरुको आकषर्ण बढेको बोर्डको भनाई छ।

अहिले शेयर बजारमा धेरैवटा रेकर्ड ब्रेक भएको छ। प्राथमिक बजारमा शेयर निष्काशन हुने कम्पनीको संख्यामा, प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या र डिम्याट खाता खोल्नेहरुको संख्यामा नयाँ रेकर्ड कायम भएको छ।

त्यसैगरी, नेप्से परिसूचकमा दैनिक रुपमा नयाँ उचाई कायम गर्दै बढीरहेको छ। दोस्रो बजारमा शेयर खरिदबिक्री रकमदेखि दास्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्याले समेत रेकर्ड बनाएको छ। यसरी बजार बढीरहेको मौका पारी कम्पनीले हकप्रद र एफपीओ निष्काशन गर्ने तयारीमा जुटेका छन्।

अहिले बन्दाबन्दीको कारण अधिकांश क्षेत्रहरु बन्द रहेका छन्। यो बन्दको अवसरमा आम लगानीकर्ता शेयर बजारमा लगानी गर्दै रमाउन थालेका छन् र केही नयाँ लगानीकर्तालाई शेयर बजारको बारेमा बुझने अवसर पनि बनेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।