आँधिखोला लघुवित्तको साधारण सभा आव्हान

Jun 25, 2021 09:52 AM Merolagani

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते चौथो वार्षिक साधारण सभा डाकेको छ।

लघुवित्तले होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जा बिहान साढे ११ बजे सो सभा डाकेको हाे।

सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ।

धौलागिरी लघुवित्तसँगको मर्जर प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार २०७६ पुस ३ गतेदेखि रोक्का रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।