जनरल इन्स्योरेन्सले बोलायो स्थगित साधारण सभा

Jun 25, 2021 10:01 AM Merolagani

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (GIC) ले असार २१ गते कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने, कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेकाे थियाे । यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सो सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।